एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा-Sutra News

एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।



प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए ।

झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए ।

उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई  पार्टी प्रवेश गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट