अमेरिकाबाट प्रबेशले ल्याए ‘अनलाईन’ (भिडियोसहित)-Sutra News

अमेरिकाबाट प्रबेशले ल्याए ‘अनलाईन’ (भिडियोसहित)

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

गायक प्रबेश राईको सुमधुर स्वरमा सजिएको ‘अनलाईन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएका गायक राईले नयाँ वर्ष २०२२ को कोसेली स्वरूप यो गीत ल्याएका हुन् । यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक प्रबेश राईको रहेको छ ।



गीतलाई जीआर उप्रेतीले संगीत संयोजन गरेका हुन् । आजको युवा पुस्तामा फेसबुक मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई गीतमा व्यक्त गरिएको छ । अनलाईनमा भएकी प्रेमिकाले म्यासेजमा जवाफ नफर्काउदाको बेखुशी भिडियोमा प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा गायक प्रबेश राई, श्रीजना भुजेल र बादल मगरको अभिनय रहेको छ । भिम लामिछानेले छायाँकन गरेको भिडियोलाई राजेश शाहले सम्पादन गरेका हुन् । प्रबेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट