‘पिर्के सलामी’ले सामाजिक सञ्जालमा भाइरल मन्त्री झाँक्री-Sutra News

‘पिर्के सलामी’ले सामाजिक सञ्जालमा भाइरल मन्त्री झाँक्री

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्री ‘पिर्के सलामी’का कारण सामाजिक सञ्जालमा भाइरल भएकी छन् । झाँक्रीले पिर्के सलामी लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ ।



मन्त्री झाँक्रीकै पहलमा आफ्नै गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित पुर्कोट दहमा इलाका प्रहरी कार्यालय स्थापना भएपछि ‘पिर्के सलामी’ लिएकी हुन् ।

उनको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना हुनपुग्यो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मन्त्री झाँक्रीलाई सलामीको तस्वीर राखेरव्यङ्ग्य गर्दै बधाई दिएका छन् ।

विगतमा अरुले त्यस्तो सलामी लिएकोमा बिरोध गर्ने झाँक्रीले आफैं लिनु पर्दा यसो भनिन्– ‘सामाजिक सञ्जालमा आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको हुँ । कि मैले त्यो कार्यक्रम रद्द गर्नुपर्ने कि, लिनुपर्ने अवस्था थियो । भावनात्मक हिसाबले मैले मेरै गाउँको कार्यक्रम भएकाले र मेरै पहलमा चौकी स्थापना समेत भएकाले कार्यक्रम रद्द गर्न र कसैलाई नमिठो बनाउन चाहिन ।’ ।

पिर्के सलामी लिने मन्त्री झाँक्री पहिलो भने होइनन् । यसअघि प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरूले पनि पिर्के सलामी लिएका तस्वीरहरू सार्वजनिक हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट