राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको भागबण्डा, कांग्रेसलाई ६, माओवादी र समाजवादीलाई ५/५ सिट-Sutra News

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको भागबण्डा, कांग्रेसलाई ६, माओवादी र समाजवादीलाई ५/५ सिट

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनमा मिलेर चुनावमा भाग लिने निर्णय गरेका छन् । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले निर्वाचनका लागि सिट बाँटफाँट गर्ने निर्णयसमेत गरेको हो ।



सत्ता गठबन्धनले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णयसँगै कोटा निर्धारण गरेको छ ।

जसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५/५, जसपालाई २ र जनमोर्चाले १ सिट पाउने छन् ।

आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुने निर्वाचन अयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट