एकीकृत समाजवादीबाट राष्ट्रिय सभाका यी हुन् पाँच उम्मेदवार-Sutra News

एकीकृत समाजवादीबाट राष्ट्रिय सभाका यी हुन् पाँच उम्मेदवार

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

एकीकृत समाजवादी पार्टीले आगामी १२ माघ हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले सोमबार पाँच प्रदेशबाट एक–एकजना उम्मेदवार छनोट गरेको हो ।



जसमा प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राज्यलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदनकुमार शाहको नाम टुंगो लागेको हो।

पाँचदलीय गठबन्धनले सोमबार १९ सिटमध्ये कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच–पाँच, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने सहमति गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट