३२ वर्षदेखि माओवादीमा एकछत्र राज चलाउने ‘प्रचण्ड’ को हुन् ?-Sutra News

३२ वर्षदेखि माओवादीमा एकछत्र राज चलाउने ‘प्रचण्ड’ को हुन् ?

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई सर्वसम्मत रूपमा चयन गरेको छ। पार्टीको आठौं महाधिवेशन सकिएको भोलिपल्ट सोमबार ललितपुरमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले दाहाललाई अध्यक्ष बनाएको हो। दाहालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा कृष्णबहादुर महरा थिए।



२०४६ सालमा नेकपा मसालको महामन्त्री नियुक्त भएयता दाहाल निरन्तर नेतृत्वमा रहँदै आएका छन्। २०४८ सालमा नेकपा (एकता केन्द्र) को महामन्त्री, २०५१ सालमा नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकमार्फत पार्टीको नाम परिवर्तन गर्दैै नेकपा (माओवादी) को महामन्त्री हुँदै उनी २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भएका थिए।

२०६९ सालमा हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चयन भएका उनी २०७० मा विराटनगरमा भएको एकता महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका थिए। निरन्तर ३२ वर्षदेखि नेतृत्वमा रहेका दाहाल हालै सम्पन्न आठौं महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन्। २६ वर्षदेखि माओवादीको नेतृत्व गरेका दाहाल पार्टीमा स्वघोषित अध्यक्ष बन्दै आएका छन्। पार्टीले लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरे पनि उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई नै निरन्तरता दिँदै आएका छन्। पार्टी शान्तिप्रक्रियामा प्रवेशसँगै संसदीय प्रणालीलाई स्वीकार गरेका दाहालले खुला राजनीतिको डेढ दशकसम्म पनि पार्टीभित्र एकछत्र राज गर्दै आएका छन्।

२६ वर्षदेखि माओवादीको नेतृत्व गरेका दाहाल पार्टीमा स्वघोषित अध्यक्ष बन्दै आएका छन्। पार्टीले लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरे पनि उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई नै निरन्तरता दिँदै आएका छन्।

२६ वर्षदेखि माओवादीको नेतृत्व गरेका दाहाल पार्टीमा स्वघोषित अध्यक्ष बन्दै आएका छन्। पार्टीले लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरे पनि उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई नै निरन्तरता दिँदै आएका छन्।

पार्टीभित्र फरक मत राख्ने समकालीन मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, सिपी गजुरेलजस्ता महत्वपूर्ण सहकर्मीलाई साथमा राख्न असमर्थ दाहाल बरु पार्टीको आकार साँघुरो बनाउन तयार भए तर नेतृत्व अरूलाई सुम्पन तत्पर भएनन्। आठ दिनसम्म सञ्चालन भएको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरूले मुख्य नेतृत्व अर्थात् दाहालको विकल्पबारे सामान्य बहससमेत गरेनन्।

बरु, दाहालपछिका पदाधिकारीका आकांक्षीहरूले नेतृत्वका लागि दाहाल निर्विकल्प रहेको र उनको विचारलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै उनलाई खुसी बनाउनमै तल्लीन देखिए।

दाहालको राजनीतिक प्रतिवेदनमाथि फरक मत राख्ने र पार्टीभित्र लोकतान्त्रिक अभ्यास आवाज उठाउनेहरूसमेत दाहालले खल्तीबाट केन्द्रीय सदस्य घोषणा गर्दा र उनको प्रतिवेदन परिमार्जनबिनै पारित गर्दा प्रतिवादमा उत्रन सकेनन्।

दाहालले केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा आफूले चाहेर भन्दा पनि नेता–कार्यकर्ताको आग्रहमा पार्टीको नेतृत्व गर्नुपरेको बताएका थिए। दाहालको यो भनाइलाई कतिपयले पार्टीभित्र आफूलाई निर्विकल्प बनाइराख्न आफूपछिको नेतृत्व विकास नगरेको आरोप लगाउने गरेका छन्।

को हुन् दाहाल?

दाहाल २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी लेवाडेमा जन्मिएका हुन्।

उनी बाबु मुक्तिराम र आमा भवानीका जेठा छोरा हुन्। प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिएका दाहालले २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर माविबाट एसएलसी उत्तीर्ण गरे। दाहालको परिवार २०१९ सालमा चितवन बसाइँ सर्‍यो। उनको बाँकी शिक्षादीक्षा लिने कार्य चितवनमै भयो। २०२७ देखि २०२९ सालसम्म पाटन बहुमुखी क्याम्पसमा अध्ययन गरेका उनले त्यहीबाट आइएस्सी पूरा गरे। २०३१ देखि २०३३ सालमा रामपुर कृषि क्याम्पस पढे। त्यहाँबाट उनले बिएस्सी उत्तीर्ण गरे। उनी २०३८ देखि २०६३ सालसम्म भूमिगत राजनीतिमा सक्रिय रहे। पूर्णकालीन राजनीतिमा सक्रिय हुनुअघि केही समय उनी शिक्षण पेसामा पनि आबद्ध थिए।

२०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता लिएर आफ्नो राजनीतिक जीवन सुरु गरेका दाहालले रामबहादुर थापा, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए। २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका उनी २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० सालमा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए। उनी २०४१ सालमा नेकपा (मसाल) को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य बने। २०४२ सालमा पोलिटब्युरो सदस्य हुँदै उनी २०४६ सालमा महामन्त्री बनेका थिए। २०४८ सालमा नेकपा (एकता केन्द्र) को महामन्त्री भएका उनी २०५१ सालमा तत्कालीन एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि बनेको नेकपा माओवादी केन्द्रका महामन्त्री बने। त्यसयता उनी निरन्तर उक्त पार्टीको नेतृत्वमा रहँदै आएका छन्।

२०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी खुला राजनीतिमा आएका दाहाल २०६५ साउनमा गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बने। २०७३ साउन १९ गते उनी दोस्रोपटक प्रधानमन्त्री भए। हाल उनी पाँच दलीय सत्ता गठबन्धनमा एक महत्वपूर्ण नेतृत्वकर्ता रहँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट