आकर्षक फिचरसहित ‘रियलमी सी२५ वाई’ नेपाली बजारमा, कति होला मूल्य ?-Sutra News

आकर्षक फिचरसहित ‘रियलमी सी२५ वाई’ नेपाली बजारमा, कति होला मूल्य ?

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

रियलमीले एआईमा आधारित क्यामेरा भएको ‘सी’ सिरिजको स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । ५० मेगापिक्सेलको एआई ट्रिपल क्यामेरायुक्त रियलमी सी२५ वाई नेपाली बजारमा सार्वजनिक भएको हो ।



५० मेगापिक्सेलको प्राइमरी सेन्सरसहित यसमा म्याक्रो लेन्स र ब्ल्याक एण्ड ह्वाइट लेन्स पनि उपलब्ध छ । क्यामेरामा एआई ब्युटी, एचडीआर मोड, पानारोमिक भ्यु, पोट्रेट मोड लगायतका फिचरसहित ८ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि दिइएको छ ।

युनिसक टी६१० प्रोसेसरको साथमा फोनमा ६.५ इन्चको डिस्प्ले भएको यो फोनमा १८ वार्टको फास्ट चार्जिङ सहितको ५,००० एमएएचको ब्याट्री उपलब्ध छ ।

नेपाली बजारमा यो फोन ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ, जसको मूल्य २० हजार ४४९ रुपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट