भारतमा ओमिक्रोन भेरियन्ट फैलिंदै, मुख्यमन्त्री केजरीवाललाई पनि संक्रमण-Sutra News

भारतमा ओमिक्रोन भेरियन्ट फैलिंदै, मुख्यमन्त्री केजरीवाललाई पनि संक्रमण

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

भारतमा कोभिड संक्रमण तीव्र फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो । औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन् ।



त्यस्तै, नयाँ भेरियन्टबाट संक्रमित हुने पनि बढेका छन् । भारतमा अहिलेसम्म १ हजार ७ सय जनामा नयाँ भेरियन्ट देखिएको छ । तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात ५१० जनामा संक्रमण देखिएको छ ।

यसैबीच, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पनि कोभिड पोजेटिभ देखिएको छ । उनमा मझौला लक्षण देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट