एक सातामा बैंकहरुको निक्षेप १४ अर्बले बढ्यो-Sutra News

एक सातामा बैंकहरुको निक्षेप १४ अर्बले बढ्यो

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

पछिल्लो एकसातामा वाणिज्य बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न थालेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढेको छ । यसैगरी बैंकहरुको कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ ।



संघको तथ्यांक अनुसार पुस १६ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ४२ खर्ब ४९ अर्ब पुगेको छ । बैंकहरुको निक्षेप संकलन पुस ९ गतेसम्म्मा ४२ खर्ब ३६ अर्ब थियो । गत साता बैंकहरुको स्वदेशी मुद्रा (लोकल करेन्सी) को निक्षेप २० अर्ब रुपैयाँले बढेको छ । तर, विदेशी मुद्रा (फरेन करेन्सी) को निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको संघको तथ्यांकले देखाएको छ ।

यसैगरी, पुस १६ गतेसम्ममा बैंकहरुले ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा ३९ खर्ब ७४ अर्ब स्वदेशी मुद्रामा कर्जा दिएका छन् भने १ खर्ब २५ अर्ब विदेशी मुद्रामा कर्जा दिएका छन् । बैंकर संघको तथ्यांक हेर्दा पछिल्लो केही समय यता बैंकहरुको कर्जा लगानी केही घटेको छ भने निक्षेप संकलन बढ्न थालेको छ ।

यसअघि बैंकहरु निक्षेप संकलनमा आक्रामक देखिएपनि परिणाम आउन सकेको थिएन । चालु आर्थिक वर्ष लागेसँगै बैंकहरुमा लगानीयोग्य रकम (तरलाता) अभाव सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट