बिक्रम,प्रियंका र दीपीकाको ‘हेल्लो जिन्दगी’ चैत्र ११ मा-Sutra News

बिक्रम,प्रियंका र दीपीकाको ‘हेल्लो जिन्दगी’ चैत्र ११ मा

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

काठमाडौं, १६ पुस । युकेका बिभिन्न स्थान र नेपालमा खिचिएको फिल्म ‘हेल्लो जिन्दगी’ को लामो समयको प्रतिक्षापछि फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । बिभिन्न तीन प्रकारका सार्वजनीक पोस्टरमा फिल्मका प्रमुख अभिनेता बिक्रम डि. जोशी, प्रियंका कार्की, दीपीका प्रसाईंका साथमा विल्सन बिक्रम राई र बिक्रान्त बस्नेतलाई प्रस्तुत गरिएको छ । पोस्टरसँगै निर्माण युनीटले फिल्म प्रदर्शनको मिति समेत पक्का गरेको छ । निर्देशक बोहराका अनुसार ‘हेलो जिन्दगी’ चैत्र ११ गते अर्थात् २५ मार्च, २०२२ मा देशब्यापी प्रदर्शनमा आउने छ ।



सत्य घटनामा आधारित फिल्मले अहिले प्रचारप्रशारलाई ब्यापक बनाउदै लगीरहेको छ । बिक्रम डि जोशी र हिराल जोशी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सृजना जोशी महर्जन छिन् भने सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । सबिता उनै हुन्, जसले यसअघि ‘भैरे’ र ‘श्री’ निर्माण गरेकी थिइन् । लकडाउनको समयमा निर्माण गरिएको ‘श्री’ हालै ओएसआर डिजिटलको युट्युवबाट रिलिज गरिएको छ । जुन फिल्मले दर्शकको अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा रहेको फिल्ममा पटकथा र सम्वाद लेख्न निर्देशक बोहरालाई अभिमन्यु निरवीले सघाएका छन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मका गीत निर्देशक बोहरा स्वयम्ले कोरेका हुन् भने ती गीतमा प्रमोद खरेल,प्रताप दास,प्रबिशा अधिकारी,एड्रिन प्रधान र रजिना रिमालको स्वर छ । सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतको कोरियोग्राफी बिष्णु देवाले गरेका छन् ।

 

महंगो बजेटमा निर्माण गरिएको ‘हेलो जिन्दगी’ पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्मको सहायक निर्देशकमा मार्लाेभ ढुंगाना र सीमा गुरुङ अनि मुख्य सहायक निर्देशमा सुदीप कुँवर र एलिस अधिकारी छन् । सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहेको फिल्मको सम्पादन मित्र डि.गुरुङले गरेका हुन । फिल्ममा निर्देशक बोहरा स्वयम्,सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तका कलाकारको पनि अहम् भूमिका रहेको छ । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट