धादिङमा स्कोरपियो दुर्घटना, सेनाद्वारा ४ जनाको उद्धार-Sutra News

धादिङमा स्कोरपियो दुर्घटना, सेनाद्वारा ४ जनाको उद्धार

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो ।



तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट