रोकिएन जनमत पार्टीको प्रदर्शन-Sutra News

रोकिएन जनमत पार्टीको प्रदर्शन

मंगलबार, २० पौस २०७८

मंगलबार, २० पौस २०७८

जनमत पार्टी सप्तरीले आज पूर्व-पश्चिम राजमार्गअन्तर्गत भारदहमा प्रदर्शन गरेको छ । जनमत पार्टीकी नेतृ सुशीला यादवले किसानको माग पूरा गर्न सबै गर्ग र समुदाय संगठित हुनुपर्ने बताइन्।



‘पेटमा आएदेखि मरुन्जेलसम्म किसानले उब्जाएको अन्न खाने अनि किसानकै पीडाप्रति सरकार गम्भीर नहुने ? यो अन्यायका विरुद्ध हामी एकजुट हुनुपर्छ,’ उनले भनिन् ।

सबैभन्दा बढी परिश्रम गर्ने किसान र सबैभन्दा पीडित हुनुपर्ने पनि किसानै भएकाले त्यसको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । किसानको अधिकारका लागि लड्ने माथि दमन गर्नु र अनावश्यक मुद्दा चलाउने काम गर्ने सरकारको ज्यादति भएको उनको टिप्पणी छ । उने विना सर्त किसानलाई रिहाइ गर्न माग गरेकी छन् ।

सयौंको संख्यामा आएका आन्दोलनकारीले प्रदर्शनसमेत गरेका थिए । यसै गरी सोमबार सप्तरीको हनुमान नगरमा जनमत पार्टीका महिलाहरू झाडु निकालेर सरकारको खबरदारी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट