पश्चिमी वायुको प्रभाव- यी ठाउँहरुमा हिमपात र वर्षा हुने-Sutra News

पश्चिमी वायुको प्रभाव- यी ठाउँहरुमा हिमपात र वर्षा हुने

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।



हाल देशका अधिकंश भ-भागमा, आंशिक देखि सामान्य बदली  रहेको छ।

आज दिउँसो देशभर सामान्य बदली  रहने छ ।  सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र

ति प्रदेशका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती  देशभर सामान्य बदली  रहने छ ।सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र

ति प्रदेशका थोरै स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट