म मन्त्री हुनुअगाडी नै नारायणहिटी परिसरमा कफी हाउस बनिसकेको थियो- एमाले सचिव भट्टराई-Sutra News

म मन्त्री हुनुअगाडी नै नारायणहिटी परिसरमा कफी हाउस बनिसकेको थियो- एमाले सचिव भट्टराई

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

पूर्व पर्यटनमन्त्रीसमेत रहेका एमाले सचिव योगेश भट्टराईले नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट खोल्न दिनेबारे आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् ।



हिजो मंगलबार साँझ सामाजिक सञ्जालमार्फत भट्टराईले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण गर्न दिनेबारे भएका कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको र त्यसबारे जानकारी पनि नभएको बताएका हुन् ।

उनले लेखेका छन्, “नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सविनय अनुरोध गर्दछु, आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहिता नरहने स्वत: स्पष्ट छ । विना कसुर कसैको सार्वजनिक छविमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु । स्मरण रहोस् म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट