राजेन्द्र लिङ्देनले गरे केन्द्रीय समिति विस्तार-Sutra News

राजेन्द्र लिङ्देनले गरे केन्द्रीय समिति विस्तार

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लाका ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्। प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएको पार्टीले जनाएको छ।



पार्टीका नेता सुन्दर पाण्डेका अनुसार मनोनीत सदस्यमा रुपन्देहीबाट दीपक बोहरा र निरञ्जन थापा, उदयपुरबाट हरिबहादुर बस्नेत, रामेछापमा नवराज सुवेदी र दिनेश कार्की, रोल्पाबाट बालाराम घर्ती मगर, भोजपुरबाट टङ्क ढकाल, बाँकेबाट प्रेमबहादुर भण्डारी, म्याग्दीबाट भीमप्रसाद गौचन, लमजुङबाट हेमजङ्ग गुरुङ, धादिङबाट ठाकुरप्रसाद शर्मा, सुनसरीबाट रामकुमार सुब्बा, सुर्खेतमा मुकुन्दश्याम गिरी, भक्तपुरबाट दिनेश श्रेष्ठ, झापाबाट भक्तिप्रसाद सिटौला, गोरखाबाट मोहनकुमार श्रेष्ठ, नुवाकोटबाट झनक प्याकुरेल, अछामबाट श्यामबहादुर शाही, सोलुखुम्बुबाट एजी शेर्पा, ललितपुरबाट पुष्पराज पुरुष छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट