मौरिसससँग नेपालले दुबै खेल दशरथ रंगशालामा खेल्ने-Sutra News

मौरिसससँग नेपालले दुबै खेल दशरथ रंगशालामा खेल्ने

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँगको दुबै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ ।



अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुबै खेल दशरथ रंगशालामा हुने भएको छ । यसअघि दुबै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौंमै संचालन गर्ने निर्णयमा पुगेको हो ।

दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइले साेमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपालले अफ्रिकी राष्ट्र मोरिसससँग घरेलु मैदानमा माघ १५ र १८ गते गरि दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट