उत्तर कोरियाद्वार व्यालिस्टिक मिसाइल परिक्षण-Sutra News

उत्तर कोरियाद्वार व्यालिस्टिक मिसाइल परिक्षण

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

उत्तर कोरियाले एउटा अज्ञात क्षेप्यास्त्र समुद्रामा प्रहार गरेको छ । उत्तरले प्रहार गरेको क्षेप्यास्त्र जापानको समुद्रनजिक पुगेको दक्षिण कोरियाले जनाएको छ । उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने जापानले जनाएको छ । तर, यसको पुष्टि भने हुन सकेको छैन् ।



राष्ट्रसंघले उत्तर कोरियालाई व्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । यो उत्तरको यस वर्षको पहिलो आणविक परीक्षण भएको जापानको भनाई छ । उत्तर कोरियाको पछिल्लो परीक्षणबारे दक्षिण कोरिया र अमेरिकाको गुप्तचर निकायका अधिकारीहरुले सुक्ष्म विश्लेषण गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्धीपमा अस्थिरता बढेकोले प्योङयाङले आफ्नो रक्षा क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइरहेका बेला पछिल्लो परीक्षण सार्वजनिक भएको हो ।

नयाँ वर्षको पूर्वसन्ध्यामा वर्कस पार्टीको वैठकमा उनले सो आवश्यकता औंल्याएका थिए ।

उत्तरको पछिल्लो परीक्षणप्रति जापानले खेद व्यक्त गरेको छ । उत्तरले सन् २०२१ को सुरुदेखि आणविक परीक्षण गरेको भन्दै यस्ता परीक्षण रोक्न माग गिरएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट