दिल्लीमा एकै दिन ५८ हजारमा कोभिड संक्रमण-Sutra News

दिल्लीमा एकै दिन ५८ हजारमा कोभिड संक्रमण

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो ।



कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कफ्र्यु लगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् ।

भारतमा दुई हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरियन्ट देखिएको छ ।

महाराष्ट्रपछि दिल्लीमा नयाँ भेरियन्टका संक्रमित बढेका छन् । बुधबारसम्म दिल्लीमा ४६४ जनामा ओमिक्रोन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट