बैंक अफ काठमाण्डूको ‘बिओके रेमिट मुद्धती खाता’ सार्वजनिक-Sutra News

बैंक अफ काठमाण्डूको ‘बिओके रेमिट मुद्धती खाता’ सार्वजनिक

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै ‘बिओके रेमिट मुद्धती खाता’ सार्वजनिक गरेको छ । “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्धती खाता संचालनमा ल्याएको छ ।



विदेशमा बसि श्रम गरिरहेकाहरुले उक्त बचत तथा मुद्धती खाता यस बैंकमा खोल्न सक्नेछन् । यस मुद्धती खाता खोल्दा ग्राहकहरुले ११.०५ प्रतिशत वार्षिक ब्याजदर पाउनेछन् ।

साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको खाताले विदेशमा श्रम गरि आर्जन गरेका रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट