प्रदेश २ की सञ्चार राज्य मन्त्री कर्ण दुर्घटनामा घाइते-Sutra News

प्रदेश २ की सञ्चार राज्य मन्त्री कर्ण दुर्घटनामा घाइते

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुबीकुमारी कर्ण बुधबार दुर्घटनामा घाइते भएकी छन् ।



छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारीमा एक महिना अगाडि हत्या गरिएको वृद्धको परिवारसँग भेटघाट गरी सोही गाउँपालिका-१ बरही वीरपुरमा एक हप्ता अघि हत्या गरिएकी महिलाको परिवारसँग भेटघाटका लागि जाने क्रममा छिन्नमस्ता सडक खण्डस्थित जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

मन्त्री कर्णको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट