मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदनदेखि गुप्तचर प्रमुख बनाउनेसम्मको निर्णय-Sutra News

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदनदेखि गुप्तचर प्रमुख बनाउनेसम्मको निर्णय

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई अनुमोदन गरेको हो ।



गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । त्यसक्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुने जनाइएको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ । पुस २३ गते सेवा अवधिका कारण गणेश अधिकारी अनिवार्य अवकाशमा जाने भएपछि सरकारले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हो ।  बैठकले भारतसँग मल खरिद सम्झौता गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट