जनताले छिटो छरितो सेवा नपाएकोमा प्रधानमन्त्रीको असन्तुष्टि-Sutra News

जनताले छिटो छरितो सेवा नपाएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।



बुधबार मन्त्री र सचिवसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले जनतालाई छिटो छरितो सेवा दिन निर्देशन दिए । राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन नसकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले कृषि प्रधान देशमा मलको समस्या भएकाले यसको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए ।

उनले अत्यावश्यक सेवामा ढिलाइ गर्न नहुने बताए ।  ‘हाम्रो कृषि प्रधान देश भएकाले मलको समस्या छ । हामीले मल अभाव हुन दिनु हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘हामी सबैले मलखादका लागि पर्नुपर्छ, अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट