आउँदो साता सार्वजनिक हुँदै ‘वनप्लस १० प्रो’, कस्ता होलान् फिचर ?-Sutra News

आउँदो साता सार्वजनिक हुँदै ‘वनप्लस १० प्रो’, कस्ता होलान् फिचर ?

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

बहुप्रतिक्षित स्मार्टफोन ‘वनप्लस १०’ प्रो यही जनवरी ११ तारिख अर्थात आउँदो मंगलबार विश्वबजारमा सार्वजनिक हुने भएको छ । चिनियाँ समय अनुसार मंगलबार २ बजे यो फोन सार्वजनिक हुनेछ ।



कम्पनीले आफ्नो वेबसाइटमा वनप्लस १० प्रो को टिजर राख्दै यस विषयमा जानकारी दिएको हो । कम्पनीले दिएको जानकारी अनुसार फोनको पछाडि भागमा एउटा फ्ल्याश लाइटसहित तीनवटा क्यामेरा रहने छ ।

कम्पनीका सह-संस्थापक तथा सीईओ पेटे लाउले स्मार्टफोनमा स्पेसिफिकेशन त्यति महत्व नहुने बताउँदै विबोमा आफ्ना फलोअरलाई भनेका छन, ‘उत्कृष्ट कार्यक्षमता आवश्यक पर्छ ।’

यसको अर्थ उनले स्मार्टफोनको थप जानकारी भने दिएका छैनन् । तर, यो फोनमा स्न्यापड्रागन ८ जेन १ चिपसेट रहने अपेक्षा छ ।

त्यस्तै ८० वाटको वायर्ड र ५० वाटको वायरलेस चार्जिङ सिस्टमसहित फोनमा ५५०० एमएएच क्षमताको ब्याट्री रहने अनुमान छ ।

६.७ इन्चको सुपर एमलोड डिस्प्ले रहने चर्चा गरिएको यो फोनका लागि कम्पनीले चिनियाँ बजारमा प्रि-बुकिङ समेत खुला गरिसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट