मन्त्रिपरिषद् बैठकद्वारा उखुको समर्थन मूल्य निर्धारण-Sutra News

मन्त्रिपरिषद् बैठकद्वारा उखुको समर्थन मूल्य निर्धारण

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो ।



कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो । सरकारले उखुको समर्थन मूल्य गतवर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढाएको छ । तर किसानहरुले भने ६५० रुपैयाँ तोक्न माग गर्दै आएका थिए ।

समर्थन मूल्यमध्ये ५२० रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ । सरकारले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो ।

सरकारले समर्थन मूल्य तोक्नु अघि नै किसानहरुले उद्योगहरुलाई उखु बेच्न सुरु गरिसहेका छन् । उखु किसानले उद्योगलाई दिएको उखूको मूल्य नपाएको भन्दै वर्षेनी आन्दोलन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट