आज राति पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना-Sutra News

आज राति पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

बुधबार, २१ पौस २०७८

बुधबार, २१ पौस २०७८

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रही बाकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।



आज राति देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ ।  देशका  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बिहीबार देशभर सामान्य बदली रहने छ। देशका  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट