एमाले जिल्ला अधिवेशन प्रतिनिधि बनेसँगै विसीले त्यागे पत्रकार महासंघको सदस्यता-Sutra News

एमाले जिल्ला अधिवेशन प्रतिनिधि बनेसँगै विसीले त्यागे पत्रकार महासंघको सदस्यता

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सचिव सहयोगी विसी राजनीतिमा लागेपछि महासंघको सदस्यता त्याग गरेका छन् ।



एमाले अर्घाखाँची जिल्ला अधिवेशनका लागि प्रतिनिधिमा चयन भएपछि उनले २५ वर्षको पत्रकारिताको यात्राबाट विश्राम लिएका हुन् ।  उनले महासंघकाे सदस्यतासमेत त्यागेकाे घाेषणा गरेका छन् ।

विसीले नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्षलाई सम्बाेधन गर्दै लेखेको पत्रमा सदस्यता खारेजीको लागि अनुरोध गरेका छन् ।  ‘नेपाल पत्रकार महासंघको विधान अनुसार कुनै पनि पार्टीको जिम्मेवारीमा बसेको व्यक्ति पत्रकार महासंघमा बस्न नमिल्ने  व्यवस्था भएकोले  आजैको मितिदेखि लागु हुने गरी नेपाल पत्रकार महासंघको  साधारण सदस्य खारेजिको निम्ति महासंघको अध्यक्ष लाई निवेदन पेश गरेको छु,’  विसीले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट