विनोद चौधरीको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी-Sutra News

विनोद चौधरीको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

नेपाली कांग्रेसको केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।



सिरहा क्षेत्र-३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले केन्द्रीय समिति सदस्यमा विजयी भएका चौधरीले क्रियाशिल सदस्यता लिएको १० वर्ष नपुगेको कारण देखाउँदै उम्मेदवार नै हुन नपाउने व्यक्ति विजयी भएको भन्दै आयोग समक्ष पदमुक्तको माग गरेका हुन् ।

सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा पटकपटक भन्दा पनि सुनवाई नभएको उल्लेख गर्दै राजनीतिक दलसबन्धी ऐनलाई समेत जोडेर गत महाधिवेशनमा खुला मधेसीतर्फ छैठौं स्थानको मत प्राप्त गरेका यादवले चौधरीलाई पदमुक्त गर्न आयोगमा निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट