उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा-Sutra News

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बसिरहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।



बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ । त्यसै सन्दर्भमा पौडेलले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट