एमसीसीले थप वैदेशिक हस्तक्षेप भित्र्याउने सिपी मैनालीको दावी-Sutra News

एमसीसीले थप वैदेशिक हस्तक्षेप भित्र्याउने सिपी मैनालीको दावी

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

नेकपा मालेका महासचिव सिपी मैनालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा थप वैदेशिक हस्तक्षेप भित्र्याउने दाबी गरेका छन् । संसद्‍बाट एमसीसी पारित भए नेपालको संविधान भन्दा पनि एमसीसी माथि हुने दाबी गरेका छन् । उनले राष्ट्रघाती भएको जिकिर गर्दै पारित हुन दिनु नहुने बताए ।



नेकपा मालेले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै महासचिव मैनालीले एमसीसी परियोजना सहयोगमा आधारित परियोजना नभई रुस र चीनलाई ठेगान लगाउने अमेरिकाको रणनीतिक योजना मात्रै भएको जिकिर गर्दै मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका २००७, २०४६ र २०६२/०६३ का आन्दोलनले एकातिर मुलुकमा परिवर्तन गरे पनि सँगैसँगै वैदेशिक हस्तक्षेप भित्र्याएको बताए ।

यदि एमसीसी संसद्‍बाट पास गरियो भने यसले थप वैदेशिक हस्तक्षेप भित्र्याउने भन्दै अहिलेको संसदीय व्यवस्था फेल भइसकेको जिकिर गरे । अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको व्यवस्थामा जानुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट