लागूऔषधसहित ३ जना पक्राउ-Sutra News

लागूऔषधसहित ३ जना पक्राउ

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखराका विभिन्न स्थानबाट तीन जनालाई लागूऔषध सहित पक्राउ गरेको हो । पोखराको हेमजाबाट १ जना र पोखरा–३० पावर हाउसबाट २ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।



डिएसपी तिवारीका अनुसार पक्राउ पर्नेमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका –१ का आशिष अर्याल, पोखरा काहुँखोलाका अनिश खत्री र बागलुङ जिल्लाको बागलुङ नगरपालिका –८ का एक किशोर रहेका छन् ।

पक्राउ परेका आशिष अर्यालको साथबाट डाईजापाम–६५, फेनारगन– ६८ र नुर्फिन –७३ एम्पुल बरामद भएको छ । त्यसैगरी अनिश खत्रीको साथबाट डाईजापाम –१५, फेनारगन –१५ एम्पुल र नुर्फिन–१५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बागलुङ जिल्ला, बागलुङ नगरपालिका –८ बस्ने १७ वर्षीय एक किशोरको साथबाट डाईजापाम– ३२, फेनारगन –३२ र नुर्फिन– ३२ एम्पुल बरामद भएको छ।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी कसुरमा ५ दिनको म्याद गरी आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको डिएसपी तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट