गरिमा विकास बैंकले १६% बोनस शेयर वितरण गर्ने-Sutra News

गरिमा विकास बैंकले १६% बोनस शेयर वितरण गर्ने

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

गरिमा विकास बैंकले यस वर्ष १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको पुस २२ गते विहान बसेको सञ्चालक समितिको बैठकले सहारा विकास बैंकलाई प्राप्ती पूर्व कायम चुक्तापूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ रहको थियो ।



साविक सहारा विकास बैंकको चुक्तापूँजी २७ करोड २२ लाख ७० हजार रुपैयाँको समेत गरी हाल कायम कम्पनीको चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार रुपैयाँको आधारमा कम्पनीले १६ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो ।

गत वर्ष प्राप्ती प्रक्रियामा गएकाले कम्पनीको बोनस शेयर वापत लाग्ने कर रकममा भने छुट हुनेछ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट