देशभर मौसम बदली हुने, बर्षा र हिमपातको संभावना-Sutra News

देशभर मौसम बदली हुने, बर्षा र हिमपातको संभावना

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

बिहीबार देशभर आंशिकदेखि सामान्य मौसम बदली भइ केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् ।



हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी तथा तराईका थोरै भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैबीच देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट