गुजरातको लगानी सम्मेलन स्थगित हुँदा प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकियो-Sutra News

गुजरातको लगानी सम्मेलन स्थगित हुँदा प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकियो

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

गुजरात सरकारले यही १० जनवरीमा आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित भएको घोषणा गरेको छ । कोरोना (कोभिड) संक्रमण बढेको भन्दै गुजरात सरकारले सम्मेलन स्थगित गरेको हो ।



प्रधानमन्त्री नेरन्द्र मोदीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम थियो । दुई दिने सो सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो ।

अब गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात लागानी सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि रोकिने भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ ।

सम्मेलनमा भाग लिने नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागीता हुने कार्यक्रम थियो । सम्मेलनमा रसियाली प्रधानमन्त्री, मोजाम्बिकका राष्ट्रपति, मौरिससका प्रधानमन्त्री र स्लोभानियाका प्रधानमन्त्री सहभागी हुने कार्यक्रम तय भएको थियो । त्यस्तै विभिन्न देशका मन्त्री र कम्पनीका सीईओ पनि सहभागी हुने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट