शुक्रबार एमालेको ७७वटै जिल्ला अधिवेशनलाई ओलीले एकैपटक सम्बोधन गर्ने-Sutra News

शुक्रबार एमालेको ७७वटै जिल्ला अधिवेशनलाई ओलीले एकैपटक सम्बोधन गर्ने

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

एमालेका अध्यक्ष केपी ओलीबीट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।



ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उदघाटन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट