किन गर्यो अस्ट्रेलियाले टेनिस खेलाडी जोकोभिचको भिसा रद्द ?-Sutra News

किन गर्यो अस्ट्रेलियाले टेनिस खेलाडी जोकोभिचको भिसा रद्द ?

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

अस्ट्रेलियाले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरिदिएको छ । अस्ट्रेलियन ओपनका लागि मेलबर्न पुगेका जोकोभिचले कोभिड–१९ विरुद्धको खोप लगाए वा नलगाएको खुलस्त नभएपछि भिसा रद्द गरिएको हो ।



यसअघि उनलाई लामो समय एयरपोर्टमा राखिएको थियो । सर्वियन खेलाडीले गत वर्ष खोपको विरोध गरेपछि उनले खोप लगाएको वा नलागएको पुष्टि हुन सकेको छैन।

भिसा रद्द भएसँगै उनलाई फिर्ता पठाउने अस्ट्रेलियन सीमा बलले जनाएको छ । सर्वियन टेनिस स्टार २१औँ ग्रान्डस्लाम जित्दै कीर्तिमान बनाउने लक्ष्यसहित मेलबर्न विमानस्थल पुगेका हुन् ।

अस्ट्रेलियन ओपन सुरू हुन ११ दिनमात्रै बाँकी रहँदा कोभिड१९ विरुद्धको खोप लगाएरनलगाएको खुलस्त पार्न जोकोभिचसामु चुनौति छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट