नेपाल पुनर्बीमा कम्पनीमा पाण्डे र पन्त संचालकमा निर्वाचित-Sutra News

नेपाल पुनर्बीमा कम्पनीमा पाण्डे र पन्त संचालकमा निर्वाचित

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

नेपाल पुनर्बीमा कम्पनीको आज सम्पन्न भएको छैठौं बार्षिका साधारणसभाबाट दुई जना नयाँ संचालक निर्वाचित गरेको छ । केहीबेर अघि सम्पन्न भएको साधारणसभाले शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई संचालकमा निर्वाचित गरेको हो ।



संचालक समितिको निर्वाचनबाट सर्वसम्मत रुपमा दुई जना संचालक चयन गरिएको नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ । पाण्डे सो कम्पनीका निवर्तमान संचालक समेत हुन् भने पन्त पहिलो पटक संचालक बनेका हुन् ।

यसअघि नेपाल पुनर्बीमा कम्पनीको संचालकमा पाण्डे र पन्तका अतिरिक्त सिद्धार्थ इन्स्योरेन्स कम्पनीका बीरेन्द्र वैदवार क्षेत्री, हेमन्त नाहाटा र उपासना पौडेलले उम्मेदवारी दिएका थिए ।

१० अर्ब चुक्ता पुँजि भएको नेपाल पुनर्बीमा कम्पनी नेपाल सरकारको समेत शेयर स्वामित्व भएको कम्पनी हो । नेपालमा संचालित पुराना बीमा कम्पनीहरुले समेत नेपाल पुनर्बीमा कम्पनीको शेयर लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट