लोक सेवा आयोगले नतिजा सार्वजनिक नगर्दा परीक्षार्थी आन्दोलित-Sutra News

लोक सेवा आयोगले नतिजा सार्वजनिक नगर्दा परीक्षार्थी आन्दोलित

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

लोकसेवा आयोगले गत दुई वर्षदेखि शाखा अधिकृत तहको परीक्षाको नतिजा सार्वजनिक नगर्दा परिक्षार्थीहरु आन्दोलित भएका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन् ।



दुई वर्षदेखि परीक्षा दिएर बस्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको भन्दै उनीहरुले छिटो नतिजा प्रकाशन गर्न दबाव दिएका छन् ।

लोक सेवा आयोगले २०७६ र २०७७ सालमा गरेको विज्ञापनको अहिलेसम्म नतिजा प्रकाशन गरेको छैन । प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल नतिजा प्रकाशन नगर्न भनी दिएको अन्तरिम आदेशका कारण नतिजा प्रकाशन गर्न नसकेको लोकसेवा आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट