शेयर बजारमा देहोरो अंकको बृद्धि, लगानीकर्ता उत्साहित-Sutra News

शेयर बजारमा देहोरो अंकको बृद्धि, लगानीकर्ता उत्साहित

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८
nepse

साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेस्पेमा ४३.२९ अंकको सुधार आएको छ । समग्र परिसूचक १.६३ प्रतिशतले बढेको बजारमा कारोबार रकममा भने अघिल्लो दिनको भन्दा गिरवट देखिएको छ ।



बिहीबार २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रह्यो । बुधबार बजार दोहोरो अंकले घटेपनि कारोबार समग्र शेयर कारोबार रकम ४ अर्ब भन्दा धेरै थियो ।

आज १६४ कम्पनीको शेयर मूल्य बढ्दा नेपाल फाइन्यान्स र तेह्रथुप पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै २३ कम्पनीको शेयर मूल्य घटेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहबाहेक सबैमा हरियाली छाएको थियो । आज अपी पावर कम्पनी र एनआईसी एशिया बैंकको शेयर दोस्रो बजारमा उच्च मात्रामा कारोबार भएको थियो । दुई कम्पनीको शेयर दोस्रो बजारमा क्रमश १६ र १४ करोड बढीले कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट