श्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ-Sutra News

श्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

सशस्त्र प्रहरी श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।



बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन नगरपालिका-२ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका-१ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिए ।

पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई घटना अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट