संसदमा एमालेको अवरोधले दलहरु आक्रोशित- प्रधानमन्त्री देउवा आँफै बालकोट जाने तयारीमा-Sutra News

संसदमा एमालेको अवरोधले दलहरु आक्रोशित- प्रधानमन्त्री देउवा आँफै बालकोट जाने तयारीमा

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद अवरुद्ध पार्दै आइरहेको छ ।



एमालेको सोही कदमलाई रोक्नका लागि सापकोटाले हरेक बैठकमा त्यस्तो नगर्न आग्रह गर्दै आइरहेका छन् । तर त्यसलाई मान्न अहिलेसम्म एमाले तयार रहेको छैन ।

हटाउने पहलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जाने भएका छन्।

केही दिनअगाडिको एक बैठकमा देउवाले आँफै बालकोट जाने भनेर प्रचण्ड र अन्य नेताहरुलाई भनेका थिए ।

त्यस्तै बिहीबार भएको पाँच दलीय गठबन्धनको बैठकमा संसद अवरोध हटाउनका लागि अध्यक्ष ओलीलाई भेट्न सत्ताधारी नेताहरुले देउवालाई सुझावसमेत दिएका छन् ।

हिजो बुधबार नै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले अध्यक्ष केपी शम्रा ओलीनिवास बालकोट पुगेका थिए ।

भेटमा पौडेलेले संसदलाई कसरी अगाडी लैजाने भन्नेबारेमा छलफल गरेका थिए । उनले संसद अवरोध हटाउन ओलीलाई पहलसमेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट