२ लाख रुपैयाँ तिरेपछि छुटे सुन तस्करी गोरेका भाई  -Sutra News

२ लाख रुपैयाँ तिरेपछि छुटे सुन तस्करी गोरेका भाई  

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

काठमाडौँ । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख रुपैयाँमा छुटेका छन् ।



उनलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका भाइलाई आज बिहीबार थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

२०७४ साल फागुन १९ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धान गर्ने क्रममा साढे ३३ किलो सुन तस्करीको विषय बाहिर आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट