राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच १ घण्टा भेटवार्ता, के भयो कुराकानी ?-Sutra News

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच १ घण्टा भेटवार्ता, के भयो कुराकानी ?

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।



बिहीबार राष्ट्रपतिसँगको भेटवार्ताका लागि प्रधानमन्त्री अपराह्न साढे ४ बजे शितलनिवास पुगेका थिए । उनी करिब १ घण्टा कुराकानी भएको थियो ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको बताए । पछिल्लो समय कोरोना संक्रमण बढेको विषयमा पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको उनको भनाइ छ ।

यसअघि आजै विहान प्रधानमन्त्रीसहित सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक समितिको बैठक बसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट