बाँकेमा बाघको आक्रमणमा परेर महिलाको मृत्यु-Sutra News

बाँकेमा बाघको आक्रमणमा परेर महिलाको मृत्यु

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी–४ पर्सोना गाउँकी ५२ वर्षीया लीला विष्टको बिहीबार घाँस काट्न जंगल गएको बेला बाघको आक्रमणबाट ज्यान गएको हो ।



स्थानीय ३ जना महिलासँगै घाँस काट्न गएको बेला जलहन सामुदायिक बनको तीन पाने स्थानमा बाघले विष्टमाथि आक्रमण गरेको हो । इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र सयौँको संख्यामा गएका स्थानीय बासिन्दाले बाघले महिलाको रगत चुस्दै गरेको अवस्थामा शव फेला पारेका थिए ।

बाघले मान्छेलाई देखेर पनि शवलाई नछोडेपछि प्रहरीले दुई राउन्ड हवाई फायर  गरेको थियो । इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले भने एक राउन्ड प्रहार गर्दा झम्टिन खोजेपछि दोस्रो राउन्ड गोली प्रहार गर्दा बाघ भागेको बताएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा गत भदौमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको थियो भने मंसिरमा नरैनापुरमा गोठाला गएका व्यक्तिलाई खाएको थियो । त्यसयता राप्तीपारीको जंगल आसपासमा बाघले पटक–पटक आक्रमण गर्दै आएको छ । बुधबार (हिजो) मात्र पनि एक महिलालाई आक्रमणको प्रयास गरेको थियो । उनी प्रतिकार गरी बाच्न सफल भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट