निर्णयबिना नै स्थगित भयो एन्फाको बैठक, भोलि भोलि फेरी बस्ने-Sutra News

निर्णयबिना नै स्थगित भयो एन्फाको बैठक, भोलि भोलि फेरी बस्ने

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८
anfa

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कुनै निर्णय बिना नै स्थगित भएको छ ।



सातदोबाटोस्थित एन्फा मुख्यालय ढिला गरी बसेको बैठक पूरा एजेन्डामा छलफल नभएपछि पुनः शुक्रबार बस्ने गरी स्थगित भएको हो ।

‘पहिलो दिन छ एजेन्डामा छलफल भए । पुनः भोलि बस्ने गरी स्थगित भएको छ,’ एन्फा स्रोतले  भन्यो ।

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि आज बैठक बसेको हो ।

वरिष्ठ उपाध्यक्ष विक्रमसहित उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापासहित सदस्यहरू किरण राई, दावा लामा, दिनेश व्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले १२ पुसमा बैठक मिति तय गरेको थियो ।

एन्फाले १५ पुसमा १९ एजेण्डा बनाएर बैठक बस्ने जानकारी दिएको थियो । त्यसपछि विधानअनुसार उपाध्यक्ष पंकज र वीरबहादुरले ६ एजेण्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेण्डा थप माग गरेका थिए । जसमा राईकोले मात्रै स्थान पाएको थियो ।

२० पुसमा एन्फा पूर्व अध्यक्ष गणेश थापाले व्यक्तिगत धारणा राख्न पठाएको पत्रले समेत कार्य समितिमा स्थान पाएन । फिफा प्रतिबन्धपछि पहिलो पटक औपचारिक रूपमा एन्फामा पत्र दर्ता गराएका थापाको पत्रलाई स्थान नदिने एन्फाले निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट