गृह मन्त्रालयद्वारा एकैपटक १४ सिडीओको सरुवा, को कता ?-Sutra News

गृह मन्त्रालयद्वारा एकैपटक १४ सिडीओको सरुवा, को कता ?

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

गृह मन्त्रालयले १४ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।



सरकारले आज बिहीबार झापा, दार्चुला, बाग्लुङ, इलाम, बझाङ, रुकुम पश्चिम, बाजुरा, ओखलढुंगा, र सुर्खेतका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो ।

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव खड्कालाई मन्त्रालय सरुवा गरिएको छ। त्यस्तै गृह मन्त्रालयका सहसचिव रमेश ढकाललाई बाग्लुङ सरुवा गरिएको छ ।

बाजुराका सीडीओ गोपाल कुमार अधिकारी, दार्चुलाका सिद्धराज जोशी, ओखलढुंगाकी बन्दना राईलाई गृहमन्त्रालय सरुवा गरिएको छ।

यता रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

बाजुराका सीडीओ गोपाल कुमार अधिकारी, दार्चुलाका सिद्धराज जोशी, ओखलढुंगाकी बन्दना राईलाई गृहमन्त्रालय सरुवा गरिएको छ।

गृहमन्त्रालयका उपसचिव माधवप्रसाद ढुंगानालाई इलामको प्रमुख जिल्ला अधिकारी, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई बझाङको प्रमुख जिल्ला अधिकारीको रुपमा राख्ने निर्णय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट