नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता-Sutra News

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा उनीहरुबीच दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ ।



बिहीबार नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको हो ।

भारतीय विदेश मन्त्री जयशंकरले टेलिफोन सम्पर्कमा विकासका कार्यक्रम र कोभिड–१९ विरूद्ध नेपाल र भारतको सहकार्यका विषयमा कुराकानी भएको ट्वीटमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन भारत जाने भनेको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको दिन विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्री खड्कासँग कुरा गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट