म अयोग्य भएको भए त्यतिबेलै विरोध गर्नुपर्थ्यो, अब विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन-Sutra News

म अयोग्य भएको भए त्यतिबेलै विरोध गर्नुपर्थ्यो, अब विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधानअनुसार नै १४ औं महाधिवेशनबाट निर्वाचित भएको दाबी गरेका छन् ।



नेता चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी परेपछि उनले यस्तो बताएका हुन् ।

उनको पदको खारेजीको माग गरे निर्वाचन आयोगमा निवेदन परेपछि उनले सो विषयमा प्रतिक्रिया दिएका हुन् ।

‘विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’ प्रेश नोटमा उनले भनेका छन् ।

उनले थपेका छन् ‘यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ?’

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले पार्टी निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट