सुदूरपश्चिममा दोब्बरले बढे कोरोना सङ्क्रमित-Sutra News

सुदूरपश्चिममा दोब्बरले बढे कोरोना सङ्क्रमित

बिहिबार, २२ पौस २०७८

बिहिबार, २२ पौस २०७८

सुदूरपश्चिम प्रदेशमा दोब्बरले कोरोना भाइरस सङ्क्रमण देखिएको छ । बिहीबार एकैदिन १२० जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि बुधबार ५५ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



पीसीआरमार्फत १२ र एन्टिजेनमार्फत १०८ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा १० र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टिजेनमार्फत कञ्चनपुरका ६०, कैलालीका ४७ र बैतडीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर छ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा ५५ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए ।  सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट