कोरोना संक्रमणको कारण देखाउँदै माओवादी केन्द्रीय समिति बैठक स्थगित-Sutra News

कोरोना संक्रमणको कारण देखाउँदै माओवादी केन्द्रीय समिति बैठक स्थगित

शुक्रबार, २३ पौस २०७८

शुक्रबार, २३ पौस २०७८

यही पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादी मुख्यालयका कर्मचारी र केही केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण भएपछि माघ ८ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।



माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार कार्यालयका पाँच जना कर्मचारी र केही केन्द्रीय सदस्यहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएकाले माघ ८ गतेसम्मलाई बैठक स्थगित गरिएको छ ।

आगामी केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने भनिएको थियो । काठमाडौंमा यही पुस १० गतेदेखि १७ गतेसम्म चलेको आठौं महाधिवेशन अपुरो केन्द्रीय समिति चयन गर्दै सकिएको थियो ।

त्यसलगत्तै बसेको पहिलो केन्द्रीय समितिको बैठकले अध्यक्षमा प्रचण्डलाई नै चयन गरेको थियो । पदाधिकारीमा बाँकी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी नै छ ।

आगामी केन्द्रीय समिति बैठकबाट अपुरो केन्द्रीय समितिलाई पनि पूर्णता दिने माओवादीले जनाएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमा हाल २३६ जनामात्र छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट