नेपालमा २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि, अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन-Sutra News

नेपालमा २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि, अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

शुक्रबार, २३ पौस २०७८

शुक्रबार, २३ पौस २०७८

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।



पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छन् ।

उनले ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन् ।

मन्त्रालयको विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट